काठमाडौं । सरकारले सातै प्रदेशका प्रदेश प्रमुखहरु परिवर्तन गर्ने भएको छ ।
देउवा नेतृत्वमा नयाँ गठबन्धन सरकार गठन भएपश्चात् अघिल्लो सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरु हटाउन लागेको हो ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुखको पद खारेजी र नियुक्त गर्ने कानुनी व्यवस्था रहेको छ ।
सोहीअनुसार देउवा नेतृत्वको सरकारले पूर्ववत् ओली नेतृत्वको सरकारले गठन गरेका प्रदेश प्रमुखहरु हटाउन लागेको हो ।
हाल प्रदेश नं १ मा सोमनाथ प्यासी, प्रदेश नं २ मा राजेश झा अहिराज, वाग्मती प्रदेशमा विष्णु प्रसाई, गण्डकीमा सीता पौडेल, लुम्बिनीमा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख रहेका छन् ।
सरकारले सबै प्रदेशका प्रदेश प्रमुखहरु परिवर्तन गरी नयाँ नियुक्ति गर्न लागेसँगै गठबन्धनका नेताहरु समेत छलफललाई तीव्रता दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया