निर्वाचन आयोग पुगेर महतोले भने- ‘५१ जना मात्रै दल होइन’

लोकपथ
322
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टीको कार्यकारिणी समिति मात्रै दल नभएको जिकिर गरेका छन् ।

आज निर्वाचन आयोगमा दाबी सनाखतका लागि आयोग पुगेका महतोले सो कुरा बताएका हुन् ।

हस्ताक्षरपछि सञ्चारकर्मीहरुसँग बोल्दै नेता महतोले भने- “दल कतै गएको छैन । ५१ जना मात्रै दल होइन । दल जनताबाट निर्वाचित हुने हो । त्यो कुरा हामीले बुझेका छन् । सम्पूर्ण नेपाली जनताले बुझेका छन् ।”

त्यस्तै उनले प्राविधिक कारणबाट जसपालाई फुटाउन खोजिएको आरोप लगाए । एक वर्ष अघिको प्रशंगलाई कोट्याउँदै उनले अध्यक्ष उपेन्द्र यादवको पार्टीलाई फुटाउन खोजिएको तर त्यसलाई टारिएपनि अहिले नै यस्तो अवस्था आउला भन्ने नसोचेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?