सभामुख सापकोटा र अर्थमन्त्री शर्माबीच भेटघाट

लोकपथ
105
Shares

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’बीच आज छलफल भएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको छलफल संघीय संसदलाई व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालनका लागि आर्थिक व्यवस्थापनका विषयमा केन्द्रीत रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

आजको भेटमा उनीहरुबीच विपद् संकटग्रस्त क्षेत्र घोषित जिल्लाहरुमा सरकारको प्राथमिकताबारे पनि छलफल भएको थियो।

सोही क्रममा जिज्ञासामा अर्थमन्त्री शर्माले विपद्ग्रस्त सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रमा तत्काल बेलीब्रिज राख्न निर्देशन दिइसकेको सभामुख सापकोटालाई जानकारी गराएका छन् ।

सरकारले साउन ४ गते सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?