काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता रेशम चौधरी निर्वाचन आयोगमै उपस्थित भएर हेड–काउन्टमा सहभागी हुने भएका छन् ।
यसअघि उनको हस्ताक्षर जेलबाटै लिने तयारी भए पनि चौधरीले त्यसलाई इन्कार गर्दै आयोगमै उपस्थित हुने अडान लिएका थिए ।
त्यसपछि आयोगले दोस्रो पत्र पठाएर चौधरीलाई उपस्थित गराइदिन कारागार प्रशासनलाई आग्रह गरेको थियो। जेलर बसन्त पुरीले निर्वाचन आयोगबाट दोस्रो पत्र प्राप्त भएको जानकारी दिए ।
हालसम्म उपेन्द्र यादवको पक्षमा ३४ र ठाकुर पक्षमा १६ जनाले हस्ताक्षर गरेका छन् । जसपाका महासचिव गंगा नारायण श्रेष्ठले नेता चौधरीले यादव पक्षमा नै हस्ताक्षर गर्ने बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया