काठमाडौं । काठमाडौं उपत्यकामा अबदेखि कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फाराम भर्नुपर्ने व्यवस्था लागू गरिएको छ ।
स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार १८ वर्षदेखि ५० वर्षका नागरिकहरुले अनलाइन फाराम भरेर प्राप्त गरेको दर्ता नम्बर ल्याएपछि मात्रै कोरोनाको खोप उपलब्ध हुनेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साउन १ गतेको पत्रअनुसार अनलाइनमार्फत कोरोना खोप लगाउने निर्णय भएको कार्यालयले जनाएको छ ।
खोपका लागि आवेदन फाराम भर्न स्वास्थ्य मन्त्रालयको वेवसाइट भिजिट गर्नुपर्ने हुन्छ । साथै, १८ देखि ५० वर्षका नागरिकलाई सकेसम्म चाँडो अनलाइन आवेदन फाराम भर्न पनि कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया