काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले नेपालको राजनीतिमा देखिएको संकट कम्युनिस्ट आन्दोलनको संकट भएको बताएका छन्।
४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा नेता बास्तोलाले कम्युनिस्ट आन्दोलनमा देखा परेको संकटका कारणले नै नेपाली राजनीतिमा संकट देखा परेको बताए ।
नेता बास्तोलाले सामन्तवर्गको हातमा रहेको सरकार अहिले दलाल र पुँजीपतिहरुको हातमा रहेको समेत बताए ।
उनले भने, ‘नेपालको राजनीतिमा देखापरिहेको संकट बास्तवमा कम्युनिस्टहरुको संकट हो, कम्युनिस्ट आन्दोलनमा देखा परेको संकटको कारणले नेपाली राजनीतिमा संकट देखापरेको छ । नेपाली जनताको हातमा शासन व्यवस्था गएन, राज्यप्रणाली गएन, नेपालको शासन दलाल पुँजीपतिहरुको हातमा गयो, हिजो सामन्तवर्गको हातमा थियो आज दलाल पुँजीपति वर्गको हातमा छ । ‘
नेता बास्तोलाले नेपालमा आधारभूत परिवर्तन नभएको समेत बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया