काठमाडौं । जनता समाजवादी पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य महेन्द्र राय यादवले राष्ट्रपतिबाट संविधान, ऐन र कानुको उल्लंघन भएको बताएका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै यादवले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम १ सय ४९ सांसद्ले हस्ताक्षरसहित प्रधानमन्त्रीको लागि दावी गर्दा पनि राष्ट्रपतिले संविधान, ऐन र कानुनको उल्लंघन गर्दै नियुक्ति नगरिएको बताए ।
संविधान, ऐन र कानुनको संरक्षण र पालनामा जोड दिनुपर्ने राष्ट्रपतिबाट त्यसको उल्लंघन भएकाले त्यसलाई सर्वोच्च अदालतले सच्याएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया