काठमाडौं । पूर्वसभामुख तथा एमाले नेता सुवास नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवालाई जनादेश कहाँबाट आयो भन्दै प्रश्न गरेका छन् ।
प्रधानमन्त्रीलाई बधाई दिने क्रममा प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता नेम्वाङले जनादेश निर्वाचनबाट प्राप्त हुने तर्क गरे।
“प्रधानमन्त्रीलाई बधाई दिनु छ, उहाँले कहाँबाट जनादेश प्राप्त गर्नुभएछ मैले थाहा पाइनँ,” नेम्वाङले भने, “उहाँले निर्वाचनबाट जनादेश पाउनुभएको छैन । परमादेशबाट उहाँ आउनुभएको हो ।”
त्यस्तै नेता नेम्वाङले संसद्को पहिलो बैठकमा आफूहरुले अवरोध नगरेको बताए । उनले अघिल्लोपटक संसद् पुनर्स्थापना भएपछि कांग्रेससहितका पार्टीले संसद् अवरोध गरेकोतर्फ संकेत गर्दै प्रधानमन्त्री देउवामाथि व्यङ्ग्यसमेत गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया