गण्डकी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै

लोकपथ
0
Shares

काठमाडौं – गण्डकी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तारको हुँदै छ। आज दिउँसो हुने मन्त्रिमण्डल विस्तारमा माओवादीबाट थप ३ जना मन्त्री को ‘इन्ट्री’ हुँदै छ ।

जेठ २९ मा मुख्यमन्त्री बनेका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले मन्त्रिपरिषद्लाई पूर्णता दिन कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी, जसपाबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद राजिब गुरूङलाई यसअघि नै मन्त्री बनाइसकेका थिए।

यसबीचमा उनले काठमाडौं आएर गठबन्धनका दलसँग छलफल गर्दै मन्त्रीमण्डल विस्तारमा सहजीकरण गरिदिन भेटघाट तीव्र बनाएका थिए ।

यता, कांग्रेसले अहिलेसम्म मन्त्री टुंगो लगाउन नसके पनि मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार तथा विकास मन्त्रालय, शिक्षा, प्रविधि तथा सामाजिक विकास, पर्यटन तथा कानुन मन्त्रालय आफैँसँग राख्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?