माओवादी केन्द्रले बोलायो केन्द्रीय समितिको बैठक

लोकपथ
35
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले साउन २० गते केन्द्रीय समितिको बैठक बोलाएको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार बसेको पार्टीको स्थायी समितिको बैठकले साउन २० गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको जानकारी दिए ।

त्यसैगरी बैठकले विगतको सरकारले देखाएको आचरण अबको गठबन्धनको सरकारले देखाउनु नहुने र विगतमा गरिएका प्रतिवद्धता अनुरुप अगाडि बढ्नुपर्नेमा जोड दिएको पनि प्रवक्ता श्रेष्ठले बताए ।

त्यस्तै बैठकले सत्तारुढ गठबन्धनको न्यूनतम साझा कार्यक्रम छिटोभन्दा छिटो तय गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?