भीम रावललाई भेट्न टोखा पुगे माधव नेपाल

लोकपथ
294
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी उपाध्यक्ष भीम रावललाई भेट्न टोखा पुगेका छन् ।

बुधबार आफूपक्षीय नेताहरुको स्थायी कमिटी बैठकमा रावल नआएपछि नेता नेपाल उनलाई भेट्न निवासमै पुगेका हुन् ।

रावललाई नेपालले मिलेर अगाडि बढ्ने प्रस्ताव समेत सारेको बुझिएको छ । पछिल्लो समय रावल नेपालबाट टाढिएका छन् । उनले एमालेको कुनै पक्षमा नरहेको सन्देश दिइरहेका छन् ।

पार्टी एकताको दश बुँदे सहमति जुटाएको कार्यदलमा रावल नेता नेपाल तर्फका संयोजक थिए ।

३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वा विपक्षमा मतदान गर्ने भन्नेमा कुरा नमिल्दा रावलले सांसदबाट राजीनामा दिएका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?