सरकारसँग महन्थ पक्षको माग : रेशम चौधरीलगायतको रिहाइदेखि कोरोना खोप व्यवस्थापनसम्म (पत्रसहित)

लोकपथ
280
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) को महन्थ ठाकुर पक्षले विभिन्न मागहरुसहित सरकारको ध्यानाकर्षण गराएको छ ।

साउन २ गतेदेखि ५ गतेसम्म बसेको जसपा कार्यकारिणी समितिको बैठकले संविधान संशोधन र रेशम चौधरी लगायतका नेता कार्यकर्ताको रिहाइको माग लगायत विभिन्न मुद्दाको सम्बोधन गर्नका लागि सरकारको ध्यानाकर्षण गराएको हो ।

आफूहरुको माग सम्बोधन गर्ने प्रतिवद्धतापछि गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई महन्थ पक्षले विश्वासको मत दिएको थियो ।
आफूहरुको मागसहित महन्थ पक्षले विभिन्न ८ बुँदे मागपत्र तयार गरेको छ ।

सोही क्रममा महन्थ पक्षले संविधान संशोधन, मुद्दा फिर्ता र कार्यकर्ताको रिहाइका साथै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, नागरिकतासम्बन्धी समस्या समाधान गर्नुपर्ने, स्थानीय तहहरुको जनसंख्याका आधारमा पुनस्र्थापना गर्नुपर्ने माग पनि अघि सारेको छ । त्यसको साथै कोरोना रोकथाम तथा नियन्त्रण, बाढी पहिरो पीडितको उद्दार र राहतमा लाग्न साथै नेपाल भारत सीमा क्षेत्रबाट आवत जावत गर्नेहरुको सहजताको लागि पहल गर्न समेत माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?