काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय कमिटीको बैठक दिउँसो ३ बजे बस्दै छ ।
मंगलबार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बस्ने बैठकमा पार्टीको संगठनात्मक संरचनासम्बन्धी प्रस्ताव पेश हुनेछ ।
केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले दिएको जानकारीअनुसार पार्टीको संगठनात्मक प्रस्तावमा छलफल गरिनेछ । साथै शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदलाई सोधिएको स्पष्टीकरणको बारेमा पनि छलफल गरिनेछ । पार्टीले सोधेको स्पष्टीकरण नपाएका सांसदहरुलाई स्पष्टीकरण पठाउने विषयमा समेत आजको बैठक केन्द्रित हुने सचिव तामाङको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया