एमालेको केन्द्रीय कमिटी बैठक शुरु

लोकपथ
203
Shares

काठमाडौं । नेकपा एमालेको १० औं केन्द्रीय कमिटी बैठक शुरु भएको छ ।

ललितपुरस्थित तुलसीलाल आमात्य प्रतिष्ठानमा बैठक बसिरहेको छ।

बैठकमा पार्टीको विधान अधिवेशन, पार्टीको ह्वीप उल्घन गर्ने नेताहरुमाथिको कारवाही लगायतका विषयमा छलफल भइरहेको छ।

पार्टीको ह्वीप उल्लंघन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मत दिएका २२ सांसदलाई कारबाहीको तयारी छ ।

एमाले स्थायी कमिटिको यसअघिको बैठकले देउवाको पक्षमा मतदान गर्ने सांसदहरु एमालेमा रहन नसक्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?