काठमाडौं । नेकपा एमालेका २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन्।
प्रधानमन्त्री देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदा एमालेका २२ जना सांसदले उनको पक्षमा मतदान दिएको संसद सचिवालयले जनाएको छ।
देउवालाई मत दिनेमा माधवकुमार नेपाल, कल्याणी खड्का, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी र कृष्णकुमार श्रेष्ठ किसान रहेका छन् ।
त्यस्तै विना बुढाथोकी, सरला यादव, गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका छन् ।
मत दिनेमा माधव नेपाल पक्ष मात्र नभई अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद पनि छन् । देउवाले प्रतिनिधिसभामा १६५ मत प्राप्त गरेका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया