प्रधानमन्त्रीको विश्वासको मतका लागि मतदान शुरु

लोकपथ
154
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा पेश गरेको विश्वासको मतको प्रस्तामाथि मतदान शुरु भएको छ।

देउवालाई उनकै पार्टी कांग्रेस, माओवादी केन्द्र र जसपाले मत दिने भएको छ। भने एमालेको माधव नेपाल पक्षमा मत दिने विषयमा अन्योलतामा रहेको छ। नेपाल पक्षका केही सांसद संसद भवनबाट बाहिरिएका छन्।

संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले आइतबार सदन शुरु भएको पहिलो दिनमै विश्वासको मत लिन लागेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?