माधव नेपाल समूहका को-को नेता बस्दैछन् तटस्थ ?

लोकपथ
2.3k
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सबै नेताले सरकारलाई विश्वासको मत नदिने भएका छन् ।

प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने निर्णय भएको नेपाल समूहका एक नेताले जानकारी दिए । कार्यदलमा रहेका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्टले विश्वासको मत नदिने भएका छन् ।

त्यस्तै दीपकप्रकाश भट्ट, झपट रावल, योगेश भट्टराई, यज्ञराज सुनुवार, सोमप्रसाद पाण्डे, राजबहादुर बुढा, नारायण खतिवडा लगायत अन्य केहीले पनि विश्वासको मत नदिने भएका छन् ।

स्रोतका अनुसार विश्वासको मत नदिने सांसदहरु तटस्थ बस्ने भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?