काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्यक्तिगत अहंकार र दम्भले इतिहास नलेखिने बताएका छन्।
आज प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत लिने प्रयोजनका लागि बसेको
प्रतिनिधि सभा बैठकमा उनले यस्तो बताएका हुन्।
त्यस्तै संसदमा बोल्दै उनले सांसद ज्ञवालीले आफूहरु युद्द हारेर नआएको भन्ने भनाइप्रति आपत्ति जनाउँदै प्रचण्डले ज्ञवालीको तर्कले शान्ति सम्झौतामा प्रश्न उठेको बताए ।
“मलाई र शान्ति सम्झौताका सहयात्रीहरुको चित्त दुख्यो । शान्ति सम्झौता गलत थियो भन्न खोज्या हो ?” उनले भने-“तपाइले माओवादीलाई लोकतन्त्र हारेको भन्न पाउनुहुन्छ ?”
त्यस्तै उनले प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिनको लागि सबै सांसदहरुमा आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया