ज्ञवालीलाई प्रचण्डको काउन्टर : शान्ति सम्झौता गलत थियो भन्न खोज्या हो ?

लोकपथ
2.5k
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका नेता अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका सांसद प्रदीप ज्ञवालीको तर्फप्रति आपत्ति जनाएका छन् ।

आज प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत लिने प्रयोजनका लागि बसेको बैठकमा ज्ञवालीले गरेको तर्कप्रति आपत्ति जनाएका हुन् ।

संसदमा बोल्दै उनले सांसद ज्ञवालीले आफूहरु युद्द हारेर नआएको भन्ने भनाइप्रति आपत्ति जनाउँदै प्रचण्डले ज्ञवालीको तर्कले शान्ति सम्झौतामा प्रश्न उठेको बताए ।

“मलाई र शान्ति सम्झौताका सहयात्रीहरुको चित्त दुख्यो । शान्ति सम्झौता गलत थियो भन्न खोज्या हो ?” उनले भने- “तपाइले माओवादीलाई लोकतन्त्र हारेको भन्न पाउनुहुन्छ ?”

त्यस्तै प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिनको लागि सबै सांसदहरुमा आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?