यसकारण दिए प्रतिनिधिसभा सदस्यबाट भीम रावलले राजीनामा

लोकपथ
658
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सदस्यबाट राजीनामा दिएका छन्।

अनैतिक राजनीतिक खेलमा आफू सहभागी नबन्ने भन्दै नेता रावलले संसद भवन नयाँ बानेश्वरमा राजीनामा दिएका हुन्।

राजनीतिक शीर्ष नेतृत्वबाट देश र जनताको हित विपरित काम भएको र अनिश्चयको दिशातिर धकेलेको भन्दै नेता रावलले यसबाट नेपाल र नेपालीको शिर निहुरिएको बताए।

केही समय यता राजनीतिक वृत्तको नेतृत्वमा देखिएको चरम सत्ता र पदलिप्ता, विधि तथा पद्धतिलाई आत्मकुत्सित एवं निहित स्वार्थका लागि अत्यन्त स्वेच्छाचारी र निरंकुशता तन्त्रले काम गर्ने, अनैतिक चरित्रले घृणित अभ्यास भइरहेको बताउँदै नेता रावलले यसले कुनै पनि लोकतन्त्र र देशप्रेमीको मन रुने र यसलाई रोक्न आफूले राजीनामा दिएको बताए । नेता रावल २०७४ को प्रतिनिधि सभामा अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सासंद हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?