काठमाडौं । प्रतिनिधि सभाको बैठक १५ मिनेट सम्मका लागि स्थगित भएको छ ।
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित भएको जानकारी दिएका हुन् । सर्वोच्च अदालतको परमादेश अनुसार प्रतिनिधि सभाको बैठकका लागि राष्ट्रपतिले आव्हान गरेकी थिइन् ।
आइतवारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदै छन् । १५ मिनेटपछि शुरु हुने बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत माग्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया