काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक शुरु भएको छ ।
संसदीय दलको बैठक दिउँसो दुई बजे भनिए पनि १ घण्टा ढिला गरी शुरु भएको कानून तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
संसदमा सांसदहरुले खेल्ने भूमिकाबारे छलफल गर्न संसदीय दलको बैठक संसद भवन बानेश्वरमा सुरु भएको हो ।
पछिल्लो पटक पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पटक कांग्रेस संसदीय दलको बैठक बोलाइएको हो। आज बस्ने संसद बैठकमै प्रधानमन्त्री देउवाले विश्वासको मत लिने तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया