काठमाडौं । निर्वाचन आयोगले गठन गरेको इजलासमा जनता समाजवादी पार्टी नेपाल(जसपा)को आधिकारिकता सम्बन्धी विवादको बारे बहस चलिरहेको छ ।
बिहान ११ बजेदेखि नै बहस चलिरहेको छ । दुवैतर्फका अधिवक्ताले आ–आफ्नो तर्फबाट धारणा राख्ने क्रम जारी रहेको जसपाका कार्यकारिणी सदस्य केशव झाले बताए ।
जसपाका दुवै पक्षले पार्टी अलग गर्ने भनि पत्रमा हस्ताक्षर गरेपछि आयोगले पार्टीको आधिकारिकतासम्बन्धी विवाद समाधानका लागि इजलास गठन गरि बहस शुरु गरेको छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले केही दिनअघि पार्टीको आधिकारिकताका लागि दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया