काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) उपेन्द्र यादव पक्षको संसदीय दलको बैठक जारी रहेको छ । बैठक पार्टी कार्यालय बालकुमारीमा बसिरहेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको जसपाले संसदहरूलाई सोहीअनुसार ‘ब्रिफिङ’ गरिरहेको बैठकमा सहभागी नेता इस्तियाक राईले बताए।
बैठकबाट सिधै बानेश्वरस्थित संसद् भवन जाने जसपाका नेता राईले बताए ।
जसपा यादव पक्षसँग अहिले १९ सांसद छन् । यसअघि देउवालाई प्रधानमन्त्री बनाउनका लागि सर्मथन गर्न १२ जना सांसद थिए । तर, ठाकुर पक्षका पाँच जना थपिएपछि १९ जना पुगेको हो । जसपा यादव पक्षले देउवालाई विश्वासको मत दिँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया