ओली पक्षका नेताहरूको आन्तरिक छलफल सकियो, स्थायी कमिटी बैठक बस्दै

लोकपथ
91
Shares

काठमाडौं । नेकपा एमाले केपी ओली पक्षका नेताहरू आन्तरिक छलफल सकिएको छ। आन्तरिक छलफल सकेर उनीहरु स्थायी कमिटी बैठकतिर लागेका छन् ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आन्तरिक छलफल सकिएको जानकारी दिए।

उनले भने,‘आन्तरिक छलफल सकिएको छ, अब स्थायी कमिटी बैठकमा सहभागी हुन हिँडेका छौं।’

नेकपा एमाले स्थायी कमिटी बैठक तुलसीलाल स्मृति भवन च्यासल, ललितपुरमा बिहान ११ बजे बस्ने भनिएको थियो । तर एमाले ओली र माधव नेपाल पक्ष आन्तरिक छलफलमा जुटेकाले ढिलाइ भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?