दुबै मिर्गौलामा समस्या देखिएपछि कलाकार चम्सुरी अस्पताल भर्ना

लोकपथ
238
Shares

काठमाडौं । हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’ मा ‘चम्सुरी’का रुपमा अभिनय गरकी कलाकार पल्पसा डंगोल मिर्गौलामा समस्या देखिएपछि अस्पताल भर्ना भएकी छिन् ।

चम्सुरीको महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

May be an image of 1 person and hospital

यस अघि पनि मृगौलामा समस्या देखिएपछि उपचार गरेर घर फर्किएकी चम्सुरीको डाक्टरले उनको दुबै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बताएका कलाकार अर्जुन घिमीरे (पाडे) ले जानकारी दिए ।

विगत १३ वर्षदेखि ‘मेरी बास्सै’ अभिनय गर्दै आएकी पल्पसाले अन्य टेलिफिल्म, फिल्म तथा म्यूजिक भिडियोसमेत अभिनय गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?