जनकपुरधाम । प्रदेश–२ सरकारमा नेकपा माओवादी केन्द्रले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय पाउने भएको छ ।
माओवादी सरकारमा सहभागी हुने भएपछि सरकारको नेतृत्व गरेको जनता समाजवादी (जसपा)का उपेन्द्र यादव समूहले एक मन्त्री र एकजना राज्यमन्त्रीलाई राजीनामा गराएको छ ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्र यादव र अर्का राज्यमन्त्री सरोज सिंहले मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा बुझाएका छन् ।
उनीरुको स्थानमा माओवादीका भरत साह र सरोजको ठाउँमा रुबी कर्णको नियुक्ति पक्का भएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया