प्रदेश–२ सरकारमा माओवादी केन्द्रका दुई मन्त्री

लोकपथ
35
Shares

जनकपुरधाम । प्रदेश–२ सरकारमा नेकपा माओवादी केन्द्रले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय पाउने भएको छ ।

माओवादी सरकारमा सहभागी हुने भएपछि सरकारको नेतृत्व गरेको जनता समाजवादी (जसपा)का उपेन्द्र यादव समूहले एक मन्त्री र एकजना राज्यमन्त्रीलाई राजीनामा गराएको छ ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्र यादव र अर्का राज्यमन्त्री सरोज सिंहले मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा बुझाएका छन् ।

उनीरुको स्थानमा माओवादीका भरत साह र सरोजको ठाउँमा रुबी कर्णको नियुक्ति पक्का भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?