काठमाडौं । नेकपा एमाले दोस्रो तहका नेताहरु पार्टीको विवाद समाधानका लागि छलफलमा जुटेका छन् । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा दोस्रो तहका नेताहरु छलफलमा जुटेका हुन् ।
कार्यदलले तयार पारेको १० बुँदे प्रस्ताव कार्यान्वयन गर्दै कसरी पार्टी एकता गर्ने भन्ने विषयमा छलफल केन्द्रित भएको
स्रोतले जानकारी दिएको छ ।
छलफलमा केपी ओली पक्षका नेताहरु सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरूङ तथा माधव नेपाल पक्षका नेता भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम आचार्य, गोकर्ण विष्ट, रघुजी पन्तलगायत नेता सहभागी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया