बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरिएको छ।
विपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा मुख्यमन्त्री पोखरेलको राजीनामा मागेका हुन् ।
संसद अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याएपछि रुष्ट विपक्षी दलहरुले पोखरेलको राजीनामा मागेका हुन् ।
बजेट पास गर्न नसक्ने अवस्था आएपछि बिहीबार प्रदेशसभा बैठक छाडेर हिंडेका मुख्यमन्त्री पोखरेलले प्रदेशसभा अधिवेशन अन्त्य गर्दै अध्यादेशमार्फत बजेट ल्याएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया