महान्यायाधिवक्ता खातीद्वारा शपथ ग्रहण

लोकपथ
105
Shares

काठमाडौँ । नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

शुक्रबार सर्वोच्च अदालतमा खातीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासमक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।

राष्ट्रपतिले आफ्नो उपस्थितिमा राष्ट्रपति कार्यालयमा महान्यायाधिवक्तालाई शपथ गराउन अस्वीकार गरेपछि सर्वोच्च अदालतमा नै शपथ गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?