पार्टी विवादपछि अनेरास्ववियूको समानान्तर गतिविधि, नेपाल पक्षले पनि बनायो अखिल फोर्स

लोकपथ
301
Shares

काठमाडौं । नेकपा(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले अखिल फोर्स गठनको घोषणा गरेको छ ।

बिहीवार अनेरास्ववियु केन्द्रीय कमिटीले उपत्यकास्तरीय कार्यकर्ता भेला गर्दै अखिल फोर्स गठनको घोषणा गरेको हो । तपेन्द्रजंग शाहीको नेतृत्वमा ५०१ सदस्यीय अखिल फोर्स गठन गरिएको अनेरास्ववियु अध्यक्ष सुदेश पराजुलीले बताए । उनले वरिष्ठ नेता नेपाल लगायतका आफ्ना नेताहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधरबाट धम्कीपूर्ण व्यवहारहरु प्रस्तुत भइरहेको भन्दै त्यसको विरुद्धमा प्रतिकार गर्नका लागि अखिल फोर्स गठन गरिएको बताए । उनले सामाजिक सञ्जालमार्फत् आफ्ना नेताहरुलाई गाली गरिरहेको भन्दै उनीहरुलाई भौतिक रुपमा पहिचान गरेर कारबाही गरिने दाबी पनि गरे ।

उनले भने– ‘आज केपी ओलीले बालकोटमा बसेर माधव नेपालहरु प्रति वक्रदृष्टि लगाइरहनुभएको छ । केपी ओलीको वक्र दृष्टिकोण न्यायालय प्रति पनि ठडिएको थियो । तर न्यायालयले केपी ओलीको वक्र दृष्टिकोणको औँलालाई काटिदिएको छ । अब माधव नेपालहरु प्रति ठड्याएका वक्र दृष्टिकोणहरु समाप्त पार्ने हो । यसका लागि अनेरास्ववियु लाग्छ । आज हामी अखिल फोर्स बनाउदैछौँ , यदाकदा साइबर स्यालहरु हाम्रो नेताप्रति विभिन्न ढंगले हाम्रो नेताहरुलाई सामाजिक सञ्जालमा तथानाम गाली गरिरहेका छन् । यो अखिल फोर्सले एउटा काम गर्नेछ, ति साइबर स्यालहरुलाई भौतिक रुपमा पहिचान गरेर कारबाही गर्नेछ र यसको नेतृत्व अनेरास्ववियुले गर्नेछ । अखिल फोर्सले गर्नेछ ।’

अध्यक्ष पराजुलीले ओली पक्षीय युवा विद्यार्थीले माधव नेपालको घर घेर्ने समाचारहरु बाहिर आएको भन्दै माधव नेपालको घर तर्फ कसैले आँखा लगाए वा खुट्टा लम्काए आफुहरु भौतिक कारबाहीमा उत्रिने चेतावनी समेत दिए ।

केहि दिनअघि ओली पक्षका अनेरास्ववियूले एमाले घेराबन्दीमा परेको भन्दै यूथफोर्स ब्यूत्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?