काठमाडौं । काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप भएको छ ।
आज बसेको काठमाडौं उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यथास्थितीमा थप १० दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् ।
जोखिमलाई ध्यानमा राख्दै आगामी साउन १० गतेसम्म निषेधाज्ञा बढाइएको जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख सिडीयो प्रेम प्रसाद भट्टराईले लोकपथलाई जानकारी दिए ।
“आगामी १० दिन निषेधाज्ञा थप गरिएको छ । तर मापदण्ड भने पहिलेकै अवस्था रहेको छ ।” उनले लोकपथसँग भने ।
पछिल्लो पटक थप गरिएको निषेधाज्ञा आज राती १२ बजेबाट सकिँदैछ । उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेसँगै गत वैशाख १६ गतेबाट निषेधाज्ञा थप गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया