काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विवाद समाधान गर्न माग गरेका छन् ।
बिहीवार एक सार्वजनिक अपील जारी गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले सरकार समक्ष तत्काल वार्ताको माध्यमद्वारा जायज मागहरूको सम्बोधन गर्न आव्हान गरेका हुन् ।
निर्वतमान ओली नेतृत्वको सरकारले आफ्ना मागहरुसहित शान्तिपूर्ण आन्दोलनमा उत्रिएका कर्मचारी तथा चिकित्सकहरुलाई गिरफ्तार गरेर आफ्नो चरित्र उदांगो गरेको आरोप लगाएका हुन् ।
‘जारी अभियानप्रति ऐक्यबद्धता जनाउँदै नेपाल सरकार र विशेष गरी प्रधानमन्त्री समक्ष तत्काल वार्ताको माध्यमद्वारा जायज मागहरूको सम्बोधन गर्न आव्हान गर्दछु ।’ जारी अपीलमा भनिएको छ- ‘निवर्तमान सरकारले जारी अभियानलाई चिकित्सा शिक्षा क्षेत्रको विकृति र विसंगतिको अन्त्य गर्ने अवसरको रूपमा सम्बोधन गर्नुपर्नेमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका प्रतिष्ठानसँग सम्बन्धित व्यक्तिहरू तथा नागरिक अगुवाहरूको गिरफ्तारीले निवर्तमान सरकारको गैरजिम्मेवारपन अझ उदाङ्गिएको छ ।’
प्रतिष्ठानमा रहेको विकृति र विसंगतिहरूको अन्त्य तथा प्रतिष्ठानको पदाधिकारी नियुक्तिलाई राजनीतिक हस्तक्षेपमुक्त राख्दै प्राज्ञिक मर्यादा कायम गर्नुपर्ने मागसहित प्रतिष्ठानका शिक्षक, कर्मचारी तथा नागरिक अगुवाहरू समेतले शुरु गरेको “प्रतिष्ठान शुद्धीकरण अभियान” सञ्चालन गर्दै आइरहेका छन् ।
नेपालको सबैभन्दा ठूलो ठूलो र चिकित्सा क्षेत्रमा राष्ट्रिय अन्तर्राष्ट्रिय साख राख्न सफल यो प्रतिष्ठान, सरकारको र सत्तारुढ पार्टीको अनावश्यक हस्तक्षेप र असक्षम पदाधिकारीहरूको नियुक्तिको कारण दिनानुदिन अधोगतितिर जानु राष्ट्रकै लागि नराम्रो भएको भन्दै त्यसलाई सुधारको माग राखेका छन् ।
‘नेपालकै सबैभन्दा ठूलो र चिकित्सा क्षेत्रमा राष्ट्रिय अन्तर्राष्ट्रिय साख राख्न सफल यो प्रतिष्ठान, सरकारको र सत्तारुढ पार्टीको अनावश्यक हस्तक्षेप र असक्षम पदाधिकारीहरूको नियुक्तिको कारण दिनानुदिन अधोगतितिर जानु समग्र राष्ट्रकै लागि दुःखद छ । विश्वविद्यालयहरू, प्रतिष्ठानहरू तथा अन्य प्राज्ञिक क्षेत्रमा हुने प्रत्येक नियुक्तिहरू स्थापित मापदण्डका अनुरुप तथा कार्यक्षेत्र र कार्यप्रकृतिको मर्यादा कायम गर्ने हैसियतका हुनुपर्छ भन्ने हाम्रो सदैव अडान रहेको छ । यसअनुरूपको नेतृत्वले मात्र संस्थालाई सही दिशामा हाँक्न सक्दछ भन्ने हाम्रो विश्वास छ ।’ डा. भट्टराईद्वारा जारी वक्तव्यमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया