काठमाडौं । विशेष अदालतबाट धरौटी बुझाएर रिहा भएसँगै कांग्रेस उपसभापति गच्छदारले आफुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिशोधपूर्ण अभियोग लगाएको बताएका छन् ।
पूर्वाग्रही ढंगले अभियोग लागाईको पनि उनको भनाई छ । गच्छदारले विशेष अदालतको निर्णयप्रति सम्मान गर्ने पनि बताए ।
‘अख्तियार अनुसन्धान आयोगको म माथिको अभियोगपत्र दुराग्रह, पूर्वाग्रहपूर्ण रुपले, प्रतिशोधपूर्ण अभियोग पत्र म माथि लगाइएको हो ।’ उनले भने, ‘तर विशेष अदालतमा मुद्दा दर्ता गरेको हुनाले म न्याय माथि विश्वास गर्ने मान्छे । न्यायालयको न्यायप्रति विश्वास भएको मान्छे, रुल अफ ल को लागि म लडेको मान्छे, जनताको अधिकार, लोकतान्त्रिक पद्धतीको लागि लडेको मान्छे । त्यसकारण विशेष अदालतमा मुद्दा दर्ता भएपछि म आज उपस्थित हुन आएको । विशेष अदालतले जे निर्णय आज गरेको छ । त्यसप्रति सम्मान व्यक्त गर्न चाहान्छु ।’
गच्छदारले छिट्टै पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्ने पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया