देउवालाई विश्वासको मत दिने तर सरकारमा सामेल नहुने जनमोर्चाको निर्णय

लोकपथ
1.3k
Shares

काठमाडौं । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा शेरबहादुर देउवा नेतृत्वको सरकारमा नजाने भएको छ ।

पार्टीको बुधवार बसेको केन्द्रीय समिति बैठकले देउवाले संसदबाट लिने विश्वासको मतको पक्षमा समेत मतदान गर्ने निर्णय गरेको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए ।

‘देउवा नेतृत्वको सरकारलाई समर्थन गर्ने हाम्रो नीति भएता पनि सरकारमा सहभागी नहुने तथा सरकार बाहिर रहेर गुण र दोषको आधारमा सरकारलाई समर्थन वा विरोध गर्ने नीति रहने छ’, उनले भने ।

सो पार्टीले सर्वोच्च अदालतद्वारा असार २८ गते जारी गरिएको परमादेश सहितको फैसलाबाट केपी ओलीले देशमाथि लादेको प्रतिगमन परास्त भएको पनि ठहर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?