देशलाई संकटतर्फ धकेल्नेहरूले नै मेरोविरुद्ध झुटा प्रचार गरे : भीम रावल

लोकपथ
14
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफूलाई केही नेताहरुले दवाव र धम्की दिएको बताएका छन् ।
नेता रावलले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै आफूलाई केही राजनीतिक दलका नेताहरूबाट दवाव र धम्कीयुक्त फोन आएको बताएका हुन् ।

पार्टी अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भएको भेटमा आफूलाई कार्यबाहक अध्यक्ष बनाउने विषयमा कुनै कुरा नभएको पनि रावलले स्पष्ट पारेका छन् ।

रावलले उनका बारेमा प्रकाशित समाचारप्रति आपत्ति जनाएका छन् । ‘पद र प्रतिष्ठाको लागि बाह्य शक्तिका सामु घुँडा टेक्दै देशलाई संकटतर्फ धकेल्नेहरूले नै मेरोविरुद्ध झुटा प्रचार घृणित तहमा झरेर गरेका हुन्,’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?