काठमाडौं । राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुरको शपथको समय मंगलवार साँझ ६ बजेका लागि तय गरेर शीतल निवासले सोहीअनुसारको खबर पठायो ।
सोही अनुसार उपराष्ट्रपति, पूर्वप्रधानमन्त्रीहरु, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, विभिन्न दलका नेतासहितका विशिष्ठ व्यक्तिहरु ६ बजे नै शीतल निवास पुगे ।
तर कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई नियुक्ति गर्न संविधानको धारा उल्लेख नभएको भन्दै आपत्ति जनाएपछि शपथ ८ बज्दासम्म सुरु हुन सकेको छैन । देउवाले नियुक्तिको भाषा सच्चिनुपर्ने माग राखेका छन् भने यस विषयमा अहिले शीतल निवासमा छलफल जारी छ ।
सपथ ढिलाइ हुँदा भीआईपीहरु पर्खिएको पर्खिएकै भएका छन् भने आगन्तुकहरु धेरै हुँदा कुर्सीको व्यवस्थापन गर्न समेत राष्ट्रपति कार्यालयलाई हम्मेहम्मे परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया