नवनियुक्त प्रधानमन्त्री देउवासहित ४ मन्त्रीले लिए पद तथा गोपनियताको सपथ

लोकपथ
1.8k
Shares

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासहित ४ मन्त्रीहरुले पद तथा गोपनियताको सपथ लिएका छन् ।

मंगलवार साँझ राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नवनियुक्त प्रधानमन्त्री देउवासहित ४ मन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

प्रधानमन्त्री देउवासहित गृहमन्त्रीमा बालकृष्ण खाँड, कानूनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, अर्थमन्त्रीमा जनार्दन शर्मा र उर्जा तथा जलस्रोत मन्त्रीमा पम्फा भुसालसहितले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्त गर्दा संविधानको कुनै पनि धारा नखुलाएको भन्दै सभापति देउवाले सपथ ग्रहणका लागि अस्वीकार गरेका थिए । संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्रीमा नियुक्ती गरिएको बनाइएसँगै देउवा सपथ ग्रहणका लागि तयार भएका हुन् ।

देउवासहित मन्त्रीहरुले आजै कार्यभार सम्लाने बताइएको छ ।

साँझ ६ बजेका लागि तय गरिएको सपथ ग्रहण दुई घण्टा भन्दा बढी समयपछि शुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?