राष्ट्रपति कार्यालयले त्रुटि सच्याएपछि सपथ ग्रहणका लागि देउवा शीतलनिवासमा

लोकपथ
1.6k
Shares

काठमाडौं । प्रधानमन्त्री नियुक्तीमा राष्ट्रपति कार्यालयले गरेको त्रुटि सच्याएको छ ।

आज राष्ट्रपति विद्यादेवी भण्डारीेले संविधानको धारा नै उल्लेख नगरि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

सोमवारको अदालतको फैसलाको आधार देखाउँदै गरिएको नियुक्ती मान्य नहुने देउवाको अडान पछि राष्ट्रपति कार्यालयले उक्त त्रुटि सच्याएको हो । जसअनुसार राष्ट्रपति कार्यालयले संविधानको धारा ७६(५) बमोजम बहुमत सदस्यको समर्थन रहेको आधारमा देउवालाई प्रधानमन्त्री नियुक्ती गरेको बनाइएको स्रोतले जनाएको छ ।

राष्ट्रपति कार्यालयले संविधानको धारालाई आधार मान्दै प्रधानमन्त्री नियुक्त गरेसँगै देउवा सपथ ग्रहणका लागि तयार भएका हुन् । सपथ ग्रहणका लागि देउवा राष्ट्रपति निवास शीतलनिवासमा रहेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरु शीतल निवास पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?