काठमाडौं । वर्तमान सरकारको असामयिक बर्हिगमन सँगै सिंहदरबारबाट मन्त्रीहरुको बिदाई गरिएको छ ।
सिंहदरबारमा मंगलवार अपरान्ह अर्थमन्त्री विष्णुप्रसाद पौडेलको बिदाई भएको छ । अर्थ मन्त्रालयमा दोस्रो पटक मन्त्रीको रुपमा आएका मन्त्री पौडेलले आफ्नो कार्यकाल सफल भएको बताएका छन् । आफुले निष्ठापूर्वक काम गरेकोले सन्तुष्ट हुँदै बिदा भएको बताए । कार्यभार सम्हाल्ने समयमा चुनौतीको चाङ रहेको स्मरण गर्दै मन्त्री पौडेलले कर्मचारीको सहयोगले सहजताका साथ काम गरेको बताए ।
अर्थमन्त्री पौडेलले सरकारमा आउने जाने काम निरन्तर हुने हुँदा अनौठो मान्नु नहुने बताए । यस्तै सिंहदरबारबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङको पनि बिदाई गरिएको छ । भौतिक मन्त्री नेम्वाङले आफूले चाहेजस्तै गरी कर्मचारीहरुको सहयोग पाएका कारण राष्ट्र र जनताप्रतिको दायित्व पूरा गर्न सकेको बताए । कर्मचारीहरुकै साथका कारण आफुले मन्त्रालयको शाख गिर्न नदिएको उनले बताए ।
उनले ओली नेतृत्वको सरकारले विकास निर्माणको कामलाई तिव्रता दिएको पनि उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया