काठमाडौं । नवगठित शेरबहादुर देउवा नेतृत्वको सरकारमा हालका लागि कांग्रेसबाट दुई जना मन्त्री नियुक्त भएका छन् ।
जसअनुसार गृहमन्त्रीमा बालकृष्ण खाँड गृहमन्त्री र कानूनमन्त्रीमा ज्ञानेन्द्र बहादुर कार्की नियुक्त भएका छन् ।
त्यस्तै माओवादी केन्द्रबाट जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाल उर्जा मन्त्रीको जिम्मेवारी दिइएको छ ।
सोमवारको सर्वोच्चको फैसलापछि मंगलवार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले आज गठन गर्न लागेको मन्त्रीमण्डलमा खाँडले गृहमन्त्रीको जिम्मेवारी पाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया