काठमाडौं । नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्चको फैसलाअनुसार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि बैरागी केहीबेरअघि बूढानीलकण्ठ पुगेका हुन् ।
कांग्रेस सहमहामन्त्री सुनील थापाले प्रधानमन्त्रीलाई आवश्यक प्रशासनीय कामकारबाहीबारे ब्रिफिङका लागि उनी देउवा निवास पुगेको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया