अदालतमा खराब रेफ्री हुँदा समस्या भयो : प्रधानमन्त्री ओली

लोकपथ
441
Shares

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले अत्यधिक न्यायिक सक्रियताबाट कुनै गन्तब्यमा पुग्न नसकिने बताएका छन् । सर्वोच्च अदालतले रिट निवेदकले माग गरेको भन्दा पनि धेरै फैसला सुनाउने गरेको उल्लेख गर्दै उनले अदालतमा खराब रेफ्री हुँदा समस्या भएको बताए ।

मंगलवार देशबासीको नाममा सम्बोधन गर्दै ओलीले भने, “खेल खेल्ने जिम्मेवारी खेलाडीहरुको हो । तर रेफ्री स्वयम्मा गोल गर्ने वा खास पक्षलाई जिताउने इच्छा जागृत भयो भने त्यसले जोखिम निम्त्याउँछ । अझ सन्दर्भमै नउठेका वा बादी पक्षले मागदवी नै नगरेका विषयमा समेत फैसला दिँदा जटिलतामात्रै बढाउँछ ।”

अहिले अदालतले संवैधानिक नैतिकताको विषय समेत उठाएको उल्लेख गर्दै आफ्ना लागि लोकतन्त्र जीवन भएको उल्लेख गरे । उनले आफ्नो चिन्ता राज्यका अंकहरुको निष्पक्षता, पवित्रता र स्वच्छतामाथि भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?