जनताको बीचमा जान आँट नगर्ने, अदालत गएर मुद्दा लडेर करेसाबारीको झगडा हो यो ? : प्रधानमन्त्री ओली

लोकपथ
1.1k
Shares

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वमै पहिलो पटक अदालतले बहालावाला प्रधानमन्त्रीलाई अदालतले हटाउँदै नयाँ नियुक्ति गरेको बताएका छन् ।

मंगलवार देशबासीको नाममा सम्बोधन गर्दै ओलीले विश्वको इतिहासमा पहिलो पटक सम्मानित अदालतले प्रधानमन्त्रीलाई हटाचएर नयाँ नियुक्त गर्ने आदेश दिएको बताएका हुन् ।

‘जनताको बीचमा जान आँट नगर्ने । अदालत गएर मुद्दा लडेर करेसाबारीको झगढा हो यो ? गजब छ’, उनले भने, ‘विश्वमा पहिलो पटक अदालतबाट प्रधानमन्त्री तोकियो, प्रधानमन्त्री हटाइयो । यही विश्व न्यायिक प्रणालीमा अनुसरणीय भएछ भने बिडम्बना भन्नुपर्ला ।’

उनले यो फैसला इतिहासको कडीमा परिक्षित हुन भने बाँकी रहेको ओलीको भनाइ छ ।

आफू नेतृत्वको सरकारले देश र जनतको पक्षमा काम गर्दा ढलाइएको पनि ओलीको गुनसो छ । ‘एमालेको सरकार ढलाइयो, यो सरकार किन ढलाइयो भने सरकारले सार्वभौमसत्ताको पक्षमा काम ग्यो । विकासको पक्षमा काम गर्यो । जनतालाई राहत सुविधा पुर्याउने, अधिकार सम्पन्न बनाउने कुरामा काम गर्यो । यी दिशामा धेरै काम गर्यो । अरु त कुनै कारण छैन। ’ उनले भने ।

उनले सरकारमा नरहेपनि आफूले निरन्तर देश र जनताको पक्षमा काम गरिरहने पनि ओलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?