सर्वोच्चको फैसलाले विधिको शासन स्थापित गर्‍यो : नेता केसी

लोकपथ
476
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेका छन् ।

नेता केसीले सर्वोच्चको संवैधानिक इजलासले प्रतिनिधि सभा पुनर्स्थापना साथै कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने आदेशले संविधानको मूल्य मान्यता र विधिको शासनलाई स्थापित गरेको बताए ।

पूर्व मन्त्री समेत रहेका नेता केसीले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उक्त फैसलाको स्वागत गरेका हुन् ।

‘सर्बोच्च अदालतको संवैधानिक इजलाशले प्रतिनिधिसभा पुनःस्थापनाका साथै नेपाली काँग्रेसका सभापति श्री शेरबहादुर देउबाको प्रधानन्त्रित्वमा सरकार गठनको आदेशले संविधानका आधारभूत मूल्य,मान्यता र विधिको शासन स्थापित गरेकोछ।यो ऐतिहासिक फैसलाको हार्दिक स्वागत छ।’ नेता केसीले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?