काठमाडौं । एमालेको विवाद समाधानको लागि गठित कार्यदलले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई आइतवार १० बुँदे सहमतीपत्र बुझाउने भएको छ ।
आइतवार साँझ कार्यदलले गरेको १० बुँदे सहमतीपत्र बुझाउन कार्यदलका सदस्यहरु नेपाल निवास कोटेश्वर पुगेका छन् ।
विपक्षी गठबन्धनलाई समर्थन गरिरहेका कारण उक्त निर्णयप्रति नेता नेपाल असन्तुष्ट रहेका छन् । यसैबीच नेपाल पक्षले स्थायी कमिटी बैठक बसेर त्यसलाई अनुमोदन गर्ने तयारी गरिरहेका बेला कार्यदलका सदस्यहरु १० बुँदे सहमतीका बारेमा जानकारी गराउन नेपाल निवास कोटेश्वर पुगेका हुन् ।
यसअघि सोमवार बसेको एमाले स्थायी कमिटीको बैठकमा नेपाल पक्षका नेता भीम रावल बालुवाटार गएका थिए । भने आज बस्ने एमाले स्थायी र केन्द्रीय कमिटी बैठकमा नेपाल पक्षलाई सहभागी गराउनेबारे छलफल भइरहेको छ ।
एमालेको केन्द्रीय कमिटी बैठक दिउँसो १ बजे र त्यसपछि स्थायी कमिटी बैठक बस्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया