काठमाडौं । एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।
स्थायी कमिटी बैठक आज दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङ ले जानकारी दिए ।
सर्वोच्च अदालतले सोमवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेसँगै एमालेको स्थायी कमिटी बैठक बसेको थियो । बैठकमा सर्वोच्च अदालतले गरेको फैसला त्रुटिपूर्ण रहेको भन्दै छलफल भएको थियो ।
आज बैठक बसेर सर्वोच्चले गरेको फैसलाको सम्बन्धमा औपचारिक धारणा बनाउने एमालेले जनाएको छ ।
स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकको तय गर्ने पनि तामाङले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया