काठमाडौं । एमाले वरिष्ठ नेता माधव कुमार नेपालले विपक्षी गठबन्धनमा नबस्ने बताएका छन् । नेता नेपालले पार्टीमा एकताका लागि प्रयास भइरहेका कारण आफू विपक्षी गठबन्धनमा नबस्ने बताएका हुन् ।
छलफलमा नेता नेपालले लोकतन्त्र, व्यवस्था र संविधान जोगाउन सफल भएकोमा विपक्षी गठबन्धनका सबैलाई धन्यवाद दिएका थिए ।
नेता नेपालले शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा भने नेकपा एमालेको संस्थागत निर्णय गरेर मात्र आफूहरू अघि बढ्ने सन्देश विपक्षी गठबन्धनका नेताहरूलाई दिएका थिए ।
नेपाल निवासमा बसेको विपक्षी गठबन्धनको बैठकपछि नेपाल समूहका नेता घनश्याम भुसालले पनि अब गठबन्धनमा आफूहरु नरहने प्रष्ट पारेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया