काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शितलनिवास गएका छन् ।
बालुवाटारमा स्थायी कमिटी बैठक सकेर प्रधानमन्त्री ओली शितलनिवास पुगेका हुन् ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली साँझ सवा ७ बजे राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन् ।
सर्वोच्चले प्रतिनिधि सभा विघटन बदर गर्नुका साथै २ दिनभित्र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने भन्दै परमादेश जारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया