काठमाडौं । विपक्षी गठबन्धनको बैठक सकिएको छ ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा बसेको बैठकले सभापति शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त सरकार गठन गर्ने निर्णय गरेको छ ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरी देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने परमादेश जारी गरेसँगै विपक्षी गठबन्धनको बैठक आह्वान गरिएको थियो ।
आजको बैठकको निर्णय अनुसार शुरुमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने र पछि त्यसलाई आकार बढाउँदै लैजाने निर्णय गरेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया